प्युठानमा कोरोना संक्रमितको संख्या ३ सय ३३ पुग्यो

  अस्मिता स्मृति प्रकाशित मिति :  463 पटक हेरिएको

४ साउन, प्युठान । प्युठानमा कोरोना संक्रमितको संख्या ३ सय ३३ पुगेको छ ।

पप्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा आइतबार गरिएको परीक्षणमा जिल्लाको ऐरावती गाउँपालिकाका ४५ वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा धेरैं प्युठान नगरपालिकामा ८९ जना, माण्डवी गाउँपालिकामा ८० जना, स्वर्गद्वारी नगरपालिकामा ४२ जना, ऐरावती गाउँपालिकामा ३९ जना, नौबहिनी गाउँपालिकामा २८ जना, मल्लरानी, गाउँपालिकामा २० जना, सरुमारानी गाउँपालिकामा १९ जना, झिमरुक गाउँपालिकामा १० जना र गौमुखी गाउँपालिका ६ जना गरि कुल ३ सय ३३ छन संक्रमित छन् ।

त्यसैगरी पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी पठाएका मध्ये १ सय १० जनाको रिपोर्ट आउँन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया