सुरेशकुमार पान्डेको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  456 पटक हेरिएको

शाङ्गलो जस्तै लाग्छ हरियो चुरा मलाई,
मायाँ प्रितिका धेरै जसो आँकुरा मलाई।

पुरुष प्रधान समाज मा आब्रू लुटिन्छन,
ब्यबहार आउँछ रेट्न बनेर छुरा मलाई।

बिक्रि हुँन्छन महिँलाहरु सहर बजारमै,
बिना हक लाग्छ जिवनी अधुरा मलाई।

थियो सतिप्रथा नि भन्छन अनत्य भयो
त्यो कथा अँझैपनि लाग्छ अपुरा मलाई।

बा’ बाले पठाए आर्का घर बिना सम्पत्ति,
दहेजकै आस हेर्छन सासु ससुरा मलाई।

तपाईको प्रतिक्रिया