प्युठानका ६ स्थानीय तह कोरोना मुक्त, एकै दिन २१ जना डिस्चार्ज

  अस्मिता स्मृति प्रकाशित मिति :  294 पटक हेरिएको

४ साउन, प्युठान । प्युठानमा आइतबार थप २१ जना कोरोना मुक्त भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार जिल्लाको प्युठान नगरपालिकाका चारजना, माण्डावी गाउँपालिकाका दुइजना, ऐरावतीका गाउँपालिकाका ११ जना र सरुमारानी गाउँपालिकाका चारजना निको भइ घर फर्किएका छन् ।

योसँगै प्युठानका ९ स्थानीय तहमध्ये ६ स्थानीय तह कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुने स्थानीय तहमा स्वर्गद्वारी नगरपालिका, नौबहिनी गाउँपालिका, मल्लरानी गाउँपालिका, झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका र माण्डवी गाउँपालिका हुन ।

जिल्लामा हालसम्म ३ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये, ३ सय २६ जना निको भइ घर गई सकेका छन भने अब सातजना मात्र आइसोलेसनमा उपचाररत रहेको स्वास्थ कार्यालय प्युठानले जनाएको छ ।

यसैगरी जिल्लाका विभिन्न क्वारेन्टाइनमा ५ सय ६५ जना रहेको र १ सय ६ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया