दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका दुइजनाको मृत्यु

  अस्मिता स्मृति प्रकाशित मिति :  287 पटक हेरिएको

५ साउन, काठमाडौं । दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका दुइजनाको मृत्यु भएको छ ।

दार्चुलाको नौगाड गाउँपालिका- ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गएराति अविरल वर्षाको कारण घरमाथिबाट आएको पहिरोले घर भत्काएर मिच्दा उनीहरुको ज्यान गएको र परिवारका बाकी सदस्य भने सकुशल रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया