सुरेशकुमार पान्डेको लघुकथा: शंङ्ख

  अस्मिता स्मृति प्रकाशित मिति :  383 पटक हेरिएको

धर्मको प्रचार व्यापक थियो । शंङ्ख फेरी आजा पुजा गर्दा मात्रै होईन कोहि रमर्दा पनि चाहिने चिज भएकोले तल्ला घरे जेठा तिर्थ यात्रा जाँन थालेका मौकामा शंङ्ख मगाउँने भनेर लेकाली साईँलाले सोचेकाँ थिए।

उनी पुजा पाठ गर्ने प्रायःजसो आफ्नो साधन आफ्नो झोलामा राखेर हिँड्थे।उनलाई शंङ्खको जानकारी नभए अरु कस्लाई हुँन्थ्यो।यस्तो पक्का मान्छे जाने बेलामा गया बाट शङ्ख मगाउँने निधो गर्यो।

जेठा तिमी गया जाँन थालेका रहिछौ मेरो एउटा काम गर्छौ?लेकालीले सोध्छन!ए .कस्ता कुरा गर्नुहुँन्छ हजुरले भनेको काम कैले टारेको छुँ मैले,भन्नुशन के गर्नु गर्यो ?जेठाले आसवासन दिँदै प्रति प्रश्न गर्छन।अरु केही होईन अहिले तिमी जस्तो पक्का मान्छे मैले भेट्न सक्दैन!भन्दै निदार खुम्चाउँछ!लेकाली साईलाले।अनि भन्नुशन तो के गर्नु पय्रो मैले गर्छु ता भनि हालेनी जेठाले! भन्छन।
मलाई तिमी फर्केर आउँने बेला एउटा राम्रो शंङ्ख ल्याई दिनु जो जती पैसा पर्छ म दिम्ला है!भन्दै जेठालाई लेकाली ले अनुरोध गर्छन।

यत्ति कुरापनि!हौश पक्का ल्याईदिन्छुँ बिस्वाश गर्नुश।यति भनेपछि लेकाली साईलो ढुक्क हुँन्छ।हौश शुभ यात्रा !भन्दै बिदा हुँन्छन।तल्ला घरे जेठ थिर्तयात्रा गए अनि पुरै घुमघाम गरेर केहिदिन पछि फर्किए।उन्ले त्यो शंङ्ख भन्ने कुरा लाई भुतुक्कै बिर्षेछन।हिँजो आजका कम्युनिष्ट भनौदाहरुले आफ्नो शिद्धान्त बिर्सेको झैँ।

ओहो ठुलो संकट पय्रो अब के भन्नेहोला लेकाली साईलालाई बचन दिएको आफुले छि-छि फसाद पय्रो !भन्दै मनमनै कुरा खेलाउँदै आएका थिए। नजिकैको चौरमा आउँदा उन्को खुट्टामा केहि चिज ठोक्कियो।उहीलै स्यानो गधा मरेको टाउको सफा देखदापनि उस्तै शंख जस्तै यो देखेर जेठाले त्यो टाउको उठाएर सुटुक्क झोलामा राखे।

लेकाली साईला लाई तल्ला घरे जेठा तिर्थ गरेर फर्केको जानकारी भयो।भोली पल्टनै उनि तल्लाघरे जेठाका घर बिराजमान हुँन्छन।मैले बिहानै तिमी आई पुगेको जानकारी पाउँदा साथ घरबाट कसैलाईपनि जान्छु नभनेर हिँडेको!लेकालीले भने उनि धेरै हर्षित देखिन्थे,किनकी उन्ले मगाएको शंङ्ख ल्याउँनमा उनि ढुक्कै थिए।ल्यायौ त जेठा मेरो शंङ्ख? उन्ले सोधे।किन नलाउँने हजूरले भनि सकेपछि भनेर भन्दै झोला बाट निकालेर हातमा थमाई दिन्छन।अनि बाबु कति पय्रो त शंङ्खलाई?ओहो कस्ता कुरागरेको म धर्म गर्ने मान्छे अनि के हजूर सँग पैसा लिम्ला?केहि दिनु पर्दैन हजूरले लैजानुश भन्छन।

उनी हतारमा हुँन्छन त्यो जस्ताको तेस्तै लिएर घर जान्छन।भोली पल्ट बिहानै नुहाई धोई गरेर त्यो शंङ्खलाईपनि सफा गर्छन।त्यसलाई पुजाको ठाउँमा लिएर खुब कोसिश गर्छन बजाउँने कहिले कता कहिले कताबाट फुक्दै तर कोसिश ब्यार्थै जान्छ।

आखिर बज्ने चिज भयपो बजुश त्यो गधाको खोपडी पनि के बज्थ्यो।त्यो लिएर फेरी तल्ला घरे जेठा हुँनी आउँछन।जेठा यो कस्तो शंङ्ख ल्याई दिईस मलाई यो त बज्दै बज्दैन त?
ओहो कस्तो कुरा नबुझेको हजूरले यो त अत्यान्तै दुर्लभ चिज होनी उहिले खुब बज्थ्यो।अब ता यो म्युजिएनमा सझाउँनको लागि पो ल्याएको त।आफ्नो समयमा त यो पनि खुबै बज्यो!भन्दै उल्टै उल्लु बनायो।
आखिर नबुझेपछि के सिप लाग्छर उन्ले त्यो शंङ्ख लिएर घर फर्किन्छन।

तपाईको प्रतिक्रिया