गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  827 पटक हेरिएको

५ साउन, काठमाडौं । सोमबार गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये पोखरा महानगरपालिकाका आठजना, तनहुँका दुइजना, स्याङ्जाका एकजना र लमजुङका एकजना गरि थप १२ जना कोरोना स‌क्रमित थपिएको गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३१७ पुगेको छ भने १००४ जना डिस्चार्ज भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया