नेपलामा ६६.५१ प्रतिशत कोरोना मुक्त, कुन प्रदेशमा कति संक्रमित बाँकी?

  अस्मिता स्मृति प्रकाशित मिति :  298 पटक हेरिएको

५ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ८६८ अर्थात कुल संख्याको ६६.५१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिनुभएको छ ।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या पाँच हजार ९३६ छ भने, कुल कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।

कुल संक्रमित मध्ये कुन प्रदेशका कति संक्रमित हुन?
नेपालका कुल संक्रमित १७ हजार ८४४ मध्ये:
प्रदेश नम्बर- १ का ८४५ जना, प्रदेश नम्बर- २ का ४६३६ जना, बागमती प्रदेशका ८५९ जना, गण्डकी प्रदेशका १३९३ जना, प्रदेश नम्बर-५ का ४१९१ जना, कर्णाली प्रदेशका १८२५ जना र सुदूरपश्चिम प्रदेशका ४०९५ जना हुन् ।

यसैगरी हालसम्म कोरोना निको हुने कुल ११ हजार ८६८ मध्ये कुन प्रदेशका कति ?
प्रदेश नम्बर- १ का ७५२ जना, प्रदेश नम्बर- २ का २६९७ जना, बागमती प्रदेशका ४५१ जना, गण्डकी प्रदेशका १००४ जना, प्रदेश नम्बर-५ का ३७७१ जना, कर्णाली प्रदेशका १५२२ जना र सुदूरपश्चिम प्रदेशका १६७१ जना हुन् ।

हाल सक्रिय संक्रमित संख्या ५ हजार ९३६ मध्ये कुन प्रदेशमा कति ?
प्रदेश नम्बर- १ का ९३ जना, प्रदेश नम्बर- २ का १९३३ जना, बागमती प्रदेशका ३९९ जना, गण्डकी प्रदेशका ३८४ जना, प्रदेश नम्बर-५ का ४१० जना, कर्णाली प्रदेशका २९९ जना र सुदूरपश्चिम प्रदेशका २४१८ जना हुन् ।

हालसम्म कोरोनाबाट देशका विभिन्न ठाउँमा गरि मृत्युु हुनेको संख्या ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया