सुरेशकुमार पान्डेका पाँच मुक्तक:

  अस्मिता स्मृति प्रकाशित मिति :  377 पटक हेरिएको

मुक्तक (१)
उनी झुक्न नमाने पछि त फर्मान आयो,
आफ्नो भुमी ताने पछि त फर्मान आयो।
कटपुत्लि राख्ने धेरै प्रयासरत छ छिमेकी,
भने जस्तै नछाने पछि त फर्मान आयो।
मुक्तक (२)
मित्रताको साईनो लगाएर मात्रै कहाँ हुँन्छ,
मगरमच्छकै आँसु बगाएर मात्रै कहाँ हुँन्छ।
सन्धि र सम्झौता गर्दा होश पुराउ सरकार,
सदै देश र जनतालाई ठगाएर कहाँ हुँन्छ।
मुक्तक (३)
जनता सँग नङ्ग र मासु बनेर देखाउँ अब,
सदनमा चोखो देशभक्त गनेर देखाउ अब।
साम्राज्यावादको चल्दैन एकढिका भएसी,
भ्रष्टचारी जराहरु लाई खनेर देखाउ अब।
मुक्तक (४)
यो बेलामा कोई खुट्टा ताना तान नगर संसदमा,
आरोप प्रति आरोपले हाना हान नगर संसदमा।
कसैलाई कलो नै खाने मन भए उतै गएर बसहै,
बिदेशको दाम्लाले नै बाना बान नगर संसदमा।
मुक्तक (५)
उखान र टुक्का धेरै नहाल यस्तो बेलामा तिमी,
रौँका बोक्रा केलौन नथाल यस्तो बेलामा तिमी।
बोल्दा सोँचेर बोल यो तरल परिस्थिति भित्र मा,
जे भय नि सरकार नफाल यस्तो बेलामा तिमी।

तपाईको प्रतिक्रिया