नेपालमा थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

  अस्मिता स्मृति प्रकाशित मिति :  311 पटक हेरिएको

६ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको बताए।

त्यसैगरी मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२,४७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३,९६३ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा २१,७०४ रहेका छन् भने आइसोलेसनमा सक्रिय संक्रमित ५,४७७ जना रहेका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया