चेतन खतिवडाको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  636 पटक हेरिएको

भन्नेहरु भन्ने गर्थे , पिरतिको जात हुन्न
त्यसैले आजभोलि, नसम्झेको रात हुन्न

मोहनी त्यो नजर अनि, नसालु आँखामा
नपिए नि नसा लाग्ने, त्यस्तो कुनै मात हुन्न

धर्ती आकाश, खोला नाला, सबै साक्षी छ्न
रात बिहान तिम्रै कुरा , अरु केही बात हुन्न

यात्रा लामो जिवनको , मुस्किल होला तय गर्न
जब सम्म मेरो हातमा , तिम्रो त्यो हात हुन्न

सोच्न पनि सक्दिन म, तिमी बेगर एक्लै जिउन
तब अकाल मर्छु होला , जब तिम्रो साथ हुन्न

लेखक: चेतन खतिवडा
लालबन्दी -५ सर्लाही
हाल – महालक्ष्मी -५ टिकाथली ललितपुर

तपाईको प्रतिक्रिया