नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस आज मनाइँदै

  अस्मिता स्मृति प्रकाशित मिति :  959 पटक हेरिएको

७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस आज मनाइँदैछ ।

१९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ ।

मुटुरोगका कारण २०३५ साल साउन ७ गते उनको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया