सुरेकुमार पान्डेको कथा: बिरासतमा मिलेको पाटो

  अस्मिता स्मृति प्रकाशित मिति :  485 पटक हेरिएको

जब मनले ठिकसँग चाल पाउँने भयो उस्लाई ‘लेख’को पाटो अंशमा मिल्यो। जसमा छ जना सामेल थिए पाँच भाई बहिनी एउटी आमा । यो पाटो त्यो बेला मनका बाले १८५० पैसा तिरेर किनेका, केही बर्षमै उनको निधन भयो । उनले यहाँ पुरानो गोठ भत्काएर नयाँ उस्तै राम्रो गोठेघर बनाएका थिए।जसमा एकातिर पशु आर्को तिर मान्छे बस्न मिल्थ्यो। यो बनाउँन लेख बाबु छोरानै आउँथे मनलाई कता कति काउले पनिको घर भन्दापनि यो शुन्दर लाग्थ्यो ।

केहि बर्षमै बाबाको मृत्युपछि मनलाई यहि पाटो मिल्यो अब जे जस्तो भयपनि यहीँ बस्न बाध्य भएँ । यहाँ त्यो बेला ठुलाठुला काल्ना र फुर्सेटीका बुटाहरु , ठुलठुला ढुङ्गा थिए।मनहरुले पहिलो बर्ष १५पाथि गहुँ भित्राएका हुँन त्यसैमा छे जनाले पाल्लिनु पर्थ्यो अरु कुनै साधन थिएन।

परिवारको दुखःदेखेर होला यो बारीका काल्ना-काल्नामा लटरम्मै गोल भेडा फल्न थाल्यो जस्लाई मनहरुले कहिलेई लगाउँनै नपर्ने। यो एउटा चमत्कारनै थियो गोल भेडा(टमाटर)लाई टिपेर बजार लग्ने र बजारबाट चामल किनेर ल्याउँने काम मनले गर्यो । गोलभेडा र कालु गाईको दुधले यो छ जनाको परिवारलाई लगभग तिन बर्ष सम्म पाल्यो।

मनका आमा छोराले दिन रात काल्ना फोर्ने ढुङ्गा निकाल्ने गरेर बारी बढाउँन सफल पनि भए परिणाम अर्को बर्ष त्यो पाटोमा तीन मुरी गहुँ फल्यो । साँच्चै भन्नु पर्दा यो बारी मनका आमा छोरालाई मुटु जस्तै प्यारो लाग्न थाल्यो ।
बारीमा काम गर्दा मन का आमा छोरालाई थकई भन्दा उर्जा पलाउँथ्यो ।अनि अरु भएको बाँजो लाई बारी बनाउँने हिम्मत जुट्थ्यो।दिन बित्दै गए रिन पनि लाग्दै गयो।एकदिन आमा छोराले सल्ला गरे अनि मन लाहुर गयो।एक जना मान्छे एकै ठाउँ काम गर्न सक्थ्यो बिस्तारै दिन बित्दै गए मनको बास लाहुरमै हुँन थाल्यो।भाई बहिनी ठुला भए बिवहा भयो आ-आफ्नो बाटो लागे।मन कि आमाले यो पाटो नछाड्ने निधो गरेर धेरै बर्ष यहि माटोमा शंघर्ष गर्नु भयो।कति सम्म बुढो सरिर अड्डिन सक्छ?दुख बिमार एक्लै असम्भब थियो।
एकदिन-आमा अब सरिरले काम गर्न छाड्यो यँहा हजूर एक्लै बस्दा कस्ले हेर देखा गर्छ?अब हजुर पनि तराईमा छोरा छोरीको नजिक गएर बस्नुस!भन्दै मनले आमा लाई संझाउँने प्रयात्न गर्छ।म कसरी यो पाटो चत्रक्कै छाडेर जाने बाबु?अँह म यो बारी न बिक्दा सम्म जाँदै जान्न!भन्दै आमालेअडान लिनुभयो।आमाको अनुहार अँध्यारो हुँन्छ।मनले त्यो अनुहारलाई पढ्न थाल्छ । त्यँहा त्यो पाटोसँगको मायाँ,आफुले बगाएको पसिना गरेको दुखःप्रस्ट देखिन्थ्यो।मन ता मनको पनि छैन यो पाटोलाई छाड्ने तर के गर्न सक्किन्थ्यो?आफ्नो मन त्यागेर भयपनि आखिर आमालाई तराईमा झार्ने निधो गर्यो ।
आर्को बर्षको दँसैमा सबै भाई बहिनी जुटेकै बेला मनले यो बारी बेच्ने आमा सँग अनुमति प्राप्त गय्रो।भाईहरुलाई भन्यो-अब हामिले यो बारी बेच्नु पय्रो र आमालाई तल झार्नु पय्रो भन्छ!सबै राजि भए । यो बारीलाई हामीहरु मध्यलेनै किनौँ?उस्ले प्रस्ताब राख्छ।आखिर कस्ले किन्ने कोईपनि त्यो बेला राजि हुँदैनन।मन आफैले बारी किन्ने निर्णय गर्छ।

पाटो न बिक्दै आमाले न छाड्ने अनि पाटो नबिक्ने संकट ज्युँका त्युँ देखेपछि मनले पाटो किन्ने र अन्तै बेच्ने निर्णय गरे।
आमाँलाई तराईमा झारे,आमालाई कत्ति सकुन भयो भैन त्यो छुट्टै पाटोछ।तर बिस्तारै त्यो बारीको पाटो बाँजो हुँदै गयो।आखिर मन आएर बस्नपनि न सक्ने।अरुले नलाई दिएपछि त्यो अबस्था आउँनु स्वाभाबिक थियो । ग्राहक नलागेका पनि होईनन् मात्र बेच्ने मन मनकै नभएको हो । मनको बिचारमा यो पाटो मात्र थिएन पूर्वजको निशानी र आमाको हृदय परिवारको कथा लुकेको र छ जाना खेलेको आगन थियो।यो सबै सोँचेर मनले बेच्न मानेन।आफ्नो आमाको पौरख लगानि पसिनाले हुर्केका रुख बिरुवा थुप्रै कथा छ यो पाटो भित्र।तर जस्ले एक थोपा पसिना बगाउँदैन उस्लाई माटोको रहस्या थाहा हुँदैन।छोरा छोरीहरु ठुला भय उनिहरुलाई पनि यो अल्झन जस्तै लाग्छ होला।

अहिले त्यो पाटामो मोटर हिँड्ने बनाउँन थालेकाछन जस्ले उन्लाई थाहाछैन यँहा मनका भित्रैकथा लुकेकाछन।अनि त्यो मोटर मनको छाति माथि चल्नेहो।उनिहरुलाई आज दुई लैनको बाटो प्यारो भएकोछ मनको मन अँध्यारो भएकोछ।मनले एकपाथि दहि दुईकिलो गोल भेडा बोकेर बजार जान्थ्यो अनि एक पाँच पाथी भुजिया चाँमल बोकेर हिँड्दै साँझ घर पुग्थ्यो किनकि यहाँ घर थियो । जब घरै हुँदैन गरीब किसानलाई दुईलाईनको बाटो पनि ता काम लाग्दैन।आज मनलाई पालेको त्यो पाटो को छातिमा बोटलोजर चल्दैछ।बौँशाहरुले हाँसोमा उडाएकाछन।कसैको प्राण भन्दा प्यारो पाटोमा आज बाटो बन्दैछ।सुनेर मन भावुक हुँन्छ मनमा धेरै बिचारहरु खेल्छन आँखाको डिलमा आँसु बनेर उभिएका छन् तर कसैले देख्दैन मनको चस्मा भिजेको।१

तपाईको प्रतिक्रिया