सीतापाइलामा युवतीलाई एसिड हान्ने दुईजना पक्राउ

प्रकाशित मिति :  520 पटक हेरिएको

९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् ।

उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरिएकाे हाे ।

तपाईको प्रतिक्रिया