वीणा वाईबाका तीन मुक्तक:

  अस्मिता स्मृति प्रकाशित मिति :  1772 पटक हेरिएको

मुक्तक (१)
कुनै दिन मेरो प्रेम के हो बुझ्ने बनाउछु
उनीसँगको पिरतीलाई छुट्ने बनाउछु
त्यो दिन सास हुन्न तर खोजतलास गर्लान्
भोलिपल्ट प्रियासीलाई रुझ्ने बनाउछु

मुक्तक (२)
आखिर सानो कुरा नै थियो गल्ती भएछ
आफ्नै मान्छेहरूले बिर्सियो गल्ती भएछ
सानोतिनो झगडा हो! माफी देलान सोचे
उस्ले ठूलै बद्ला पो लियो गल्ती भएछ

मुक्तक (३)
कुनै दिन खुब दिए ताली तिम्रो सहरमा
जति आए सबै थिए जाली तिम्रो सहरमा
आज एक्लो भए पछि कसैले साथ दिएन
गाउँ समाजको भए गाली तिम्रो सहरमा

तपाईको प्रतिक्रिया