शिला कुँवरका मुक्तकहरु:

प्रकाशित मिति :  561 पटक हेरिएको

समस्याहरू भरपुर हुन्छन् पैसा नभए!
र सपना चकनाचुर हुन्छन् पैसा नभए!!
दुनियाँ आफ्ना हुने धन दौलत हुँदा हो!
आफन्त समेत दुर हुन्छन् पैसा नभए!!

भएजती सबैथोक दिएर यो धर्तीबाट!
तनमन धड्कन सुम्पिएर यो धर्तीबाट!!
कहिलै भेट नहुने गरी बिदाहुन मन छ !
उस्कै निम्ती खुद सकिएर यो धर्तीबाट!!

देहले आत्मा हत्या गर्न थालेको छ!
अचेल जिजीविषा मर्न थालेको छ!!
सफर मेरो केवल चिता सम्म थियो!
त्येसैले मनको डेरा सर्न थालेको छ!!

तपाईको प्रतिक्रिया