सुरेशकुमार पान्डेको लघुकथा: दृष्टीकोण

प्रकाशित मिति :  402 पटक हेरिएको

नमस्कार मित्रहरु! मणिले सबैलाई हात जोडेर भन्छ।
तर उसलाई कसैले ध्यान दिदैनन्। उनको यो व्यबहार देखेर मिणलाई व्यङ्ग्य हान्ने बिचार आउँछ।

मान्छेको हेराई फरक फरक हुन्छ अनि सोँच पनि फरक फरक हुन्छ। त्यहाँको वातावरण र संस्कारसँग प्रेरित भएकै हुन्छ।कसले के भन्छ भन्दा पनि कसले के गर्छ र उसले गरेको क्रियाकलापबाट कस्तो देश र जनता समाजलाई असर पुग्छ भन्नेनै हो,होईन र कान्छा? मणिले कान्छालाई सम्झाउँने प्रयत्न गर्छ। मणि ज्यू कुरा त ठीक हो तर हामी सहीँ भएर पनि त पीडित छौं नी ? हजुरले हामी सही हुनुपर्छ त भन्नु हुन्छ तर यहाँको माहोल पनि त सहि छैन होईन र?
कान्छाले आफुभित्रको भडाक निकाल्छ। हजुर हो नि हामी पक्कै पनि सतप्रतिशत सहिछौँ तर पनि हाम्रो बिचारले हाम्रो ब्यबहारको प्रतिनिधित्व गर्न सकेन वा हामी बसेको समाजमा बिल्न सकिन समाजले रुचाएन भनी हामी अल्पमतमा पर्छौँ।किन कि बस्तुगत अवस्था हाम्रो बिचार र ब्यबहार भन्दा बेग्लै हुन्छ!मणिले कान्छालाई सम्झाउँने पाराले विनम्र तरिकाले भन्छ।

त्यो त ठिकै हो तर हजुरहरु आफैले भन्नु हुन्छ,अन्धविस्वासमा रहनु हुन्न,कम्युनिष्ट पार्टीले मात्र गरीब सर्वहारा,सुकुमबासी को भलो गर्छ,जातीय लैङ्गिक विभेद खतम गरेर समानता प्रदान गर्छ। खै त ? गरेको आज देशभित्र दुई तिहाई कम्युनिष्टहरु भएको सरकार छ।कत्तिको कृषी क्रान्ती भयो?आज पनि दलितहरु अपमानित छन छुवाछुत गाउँ सहरमा छताछुल्ल छ। तिनै कम्युनिष्ट भनौदाहरु भ्रष्टचारमा मुछिएका छन। जातीय लैङ्गिए विभेद बरकरारछ।जसले हिँजो सर्वहारा करण हुँनुपर्छ भन्थे उनै धनि बन्ने होडमा छन।अनि अन्धविश्वास भन्नु हुन्छ भने कुरा गरेरै साध्य छैन। उनैले देवालीमा कयौँ बोका बली चडाउन कबुलेका हुन्छन। यस्ता कयौँ उधारणहरु हाम्रा अगाडी छन।कान्छाले आफु भित्रको भाडस केहि बाँकी नराखेर निकाल्छ।एकछिन कोठामा चकमन्नै हुन्छ। हो हजुरले भनेको झैँ छ तर!अलि बेरको मौनतालाई तोड्दै मणिले भन्छ। अहिले देशभित्र जुन सरकारछ त्यो ता कम्युनिष्टको नै होईन नी!..त्यसो भन्न मिल्दैन है! जेठाले मणिलाई बोल्दा बोल्दै बिचैमा काट गर्छ।हिँजो २०२८ सालमा झापामा जस्को जोत उसैको पोत भनेर किसानहरुले जमिदारको खिलाफ बिद्रोह गरे,अनि २०५२ सालमा जनयुद्ध दश वर्ष बन पसेर ससस्त्र युद्धगरेका त्यो पनि नौलो जनवादी क्रान्ति भनेर सत्त्र हजार युवाहरुको ज्यान गयो।उनिहरुलाई कम्युनिष्ट नभनेर कस्लाई भन्ने?पल्लो घरको जेठाले आफ्नो रिस पोख्छ।

आज मणि लगायतका केही साथिहरु एकजना बिमारीको लागि उपचारको सहयोग माग्न आएकाथिए।तर यँहा चन्दा दिनु भन्दापनि उनिहरुको भित्र रहेका कयौँ मयलहरु लाई पाखाल्न परेकोछ। हो नि हजुरले भन्नु भयको जस्तै उनिहरुले कृषिक्रान्ती,जस्को जोत उस्को पोत,का नारा दिएर शंघर्ष गरे।हजारौँ होनहार युवाहरु मरे,अपाङ्ग भए,शहीदको खेती भयो अहिले उनै झापाली, र माऔँवादीहरुको दुईतिहाई बहुमातको सरकार देशभित्रछ। तर यदी यिनिहरुले त्यो नारालाई अहिले लागु गरे त? यदि साच्चै भन्दा कम्युनिष्ट हुँन्थे भने कृर्षी क्रान्ति गर्न,जस्को जोत उस्को पोत गर्न कस्ले रोकेकोछ उनिहरुलाई।जातिय लैङ्गीय बिभेदको अन्तया गर्न कस्ले रोकेकोछ?सामाजमा रहेका बुजुर्वा बिचारको अन्त्य गर्नपनि कस्ले रोकेकोछ?देशमा भ्रष्टचारको अंत्य गरेर शुब्यबस्था ल्याउँन कस्ले रोकेकोछ? युवाहरुलाई आफ्नै देशमा रोजगारको ज्ञारन्टी गरुन,कथित गोर्खा भर्ति मा रोक लागोश,छिमेकी सँग भयका तमाम असमान सन्धि खारेज गरेर पञ्चसिलको आधारमा सन्धि हौश।यि धेरै कामहरु ता गर्न सक्थे।संघियता खारेज गरेर देशको खर्चमा कटौति गर्न सक्थे भारत का ब्यस्यालयहरु बाट बेचिएका महिलाहरुको उध्दार गर्न सक्थे।तर उनिहरुको सरकार कम्युनिष्टनै होईन भनेको यस्तै खखले ब्यबहारले गर्दा हो। जेठाको कुरा बिस्तारै सुनेपछि मणिले उनिहरुलाई सम्झाउँछ।र सबैले एक स्वरमा हो यो त पक्कै पनि यँहाले भनेको ठिक हो भन्दै मणितिर हेरेर जेठाले भन्छ।मेरो त यो कुरातिर त खयालनै गयनछ।भन्छ सबैले मणिको यहाँ आउँनु पर्ने कारण बल्ल सबिस्तार पूर्वक सोध्छन् ।

तपाईको प्रतिक्रिया