मकवानपुरमा ट्रक दुर्घटना हुदा एकजनाको मृत्यु

प्रकाशित मिति :  269 पटक हेरिएको

११ साउन, मकवानपुर । मकवानपुरमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुइजना रहेको उक्त ट्रक दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ७०४ नम्बरको ट्रक अनियन्त्रित भइ मकवानपुरको मनहरी गाउँपालिका-९ खरङगामा सडकबाट अन्दाजी १० मिटर तल पल्टिँदा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराका अन्दाजी २० वर्षीय राज चौधरी हुन् भने घाइते हुनेमा ट्रक चालक अन्दाजी ४५ वर्षीय लक्ष्मी नारायण चौधरी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिनुभयो ।

यसैगरी घाइतेलाई उपचारका लागि भरतपुर चितवन पठाइएको छ ।

तपाईको प्रतिक्रिया