नेपालमा थप १३० जनामा कोरोना पुष्टि, ७५ जना डिस्चार्ज

  अस्मिता स्मृति प्रकाशित मिति :  210 पटक हेरिएको

नेपालमा थप १ सय ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आइतबार ३ हजार ३ सय जनाको पीसीआर परीक्षण भएकोमा १ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको बताए । यो संगै संक्रमितको संख्या १८ हजार ६ सय १३ जना पुगेको छ ।

अहिले देशभरी ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टाइनमा १७ हजार ९ सय ३ जना रहेका छन् ।

आइतबार ७५ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार १ सय २८ पुगेको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५५, प्रदेश नम्बर २ मा २ हजार ९ सय ४४, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय ५१ जना निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ३, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया