त्यही भो तिमी सोच्नुको डर मलाई!
म नै सोच्न चाहान्न सकभर मलाई!
चढाएर फूल बाटोमा राखुँ लाग्छ,
दियो भाग्यले फेरि पत्थर मलाई!
भलै आँसु झर्ला म दुख्दा कसैको,
कहाँ हुन्छ पीडा बराबर मलाई!
न मैले बुझेको छु जीवन न बुझ्छु,
दिए मृत्युले दिन्छ उत्तर मलाई!
यही हो त माया तिमीले भनेको,
गर्यो एक चुम्बन जो भर्खर मलाई!