दुर्गा सारुको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  1439 पटक हेरिएको

लुगाफाटो सस्तो लगाउ मलाई गाउँले काली भन्छौ।
राम्री देखिन श्रृङ्गार गरूँ लगाइछे पाउडर लाली भन्छौ।

केटी देखे जिस्काइ हाल्ने खै !कस्तो बानी तिम्रो
बहाना गर्दै बोलाउछौ के छ खबर साली भन्छौ?

बगैंचामा देखिरहन्छौ जब सुन्दर सुगन्धित फुल
लाजै पचाई म बन्छु है! तिम्रो दिलको माली भन्छौ।

सोधिखोजी कहिल्यै गरेनौं मेरो बारेमा भुलेर पनि
वास्तविकता थाहा नपाई त्यसै सिउँदो खाली भन्छौ।

आफ्नो हित अनुकूलको अरूलाई पाउन नसकेमा
आँखा तरेर टाढैबाट तितो बोल्न थाली भन्छौ।

तपाईको प्रतिक्रिया