जोगाइरहँदा यो दिल मैले जतनले,
घोचिरहन्छौ किन छुराझैं वचनले ?
हो सकिन म तिम्रो स्वार्थानुसार ढल्न,
अल्झाइ नै रह्यो सामाजिक बन्धनले ।
समस्यासंग जुध्न सधैं सिकाइ रह्यो,
छेकेन मलाई कहिल्यै बाधा-अड्चनले ।
एक पछि अर्को गर्दै आई नै रहेछन् ,
खै कहिले दिने होला मुक्ती उल्झनले ।
कहिलेकाहिँ एकान्तमा यसै वर्षिन्छन्,
कति सकोस् थाम्न भरिएका नयनले ।
तँ बाँचेको के सार भयो र ए शिरीष?
धिक्कारी रहँदा सधैं तेरो जीवनले ।।
शिरीष ढकाल
मण्डनदेउपुर नगरपालिका-५, काभ्रेपलाञ्चोक
हाल: दुबई, युएई ।