ब्याट्री चार्ज गर्दा करेन्ट लागेर एकजनाको मृत्यु: मकवानपुर

प्रकाशित मिति :  279 पटक हेरिएको

१६ साउन, काठमाडौं । मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ राइटोलमा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बकैया गाउँपालिका-७ घर भइ हेटौंडा ५ बस्दै आएका ६८ वर्षीय पदम बहादुर दोङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेको र मृतक मयुरी चालक रहेको खुलेको छ ।

तपाईको प्रतिक्रिया