सभामुख निवास बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण

प्रकाशित मिति :  239 पटक हेरिएको

१७ साउन, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

ती पुरुष कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया