नारायण भुसालको गजल:

प्रकाशित मिति :  557 पटक हेरिएको

बैगुनिको यादले सताउछ मन दुख्छ ।
बिर्सनु पर्नेको याद आउछ मन दुख्छ ।।

मैले जीवन भरि बगाएको पसिनाले।
छिमेकी मस्तिले रमाउछ मन दुख्छ।।

सम्पत्ति रहुनजेल सबै आफ्ना हुन्छन।
दुखमा खै कस्ले सघाउछ मन दुख्छ।।

माकुराले कति दुखले बचेरा हुर्काउछ।
बचेराले माउ खाएर अगाउछ मन दुख्छ।।

वनमा रमाउने सुगा पिँजडामा परेपछि ।
एक्लै चिच्याउछ कराउछ मन दुख्छ ।।

तपाईको प्रतिक्रिया