नेपालमा थप ७०७ जनामा कोरोना पुष्टि,२६४ जना डिस्चार्ज

प्रकाशित मिति :  292 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ७ जनामा संक्रमण पुष्टि भएको बताएका हुन्।

काठमाडौंमा १ सय ७४, भक्तपुरमा ८ र ललितपुरमा थप १८ जना गरी काठमाडौं उपत्यकामा बिहीबार थप २ सय जनामा संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ८ सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११ हजार ७ सय ६८ जना छन् ।

आइसोलेसनमा ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेकमा छन् । बिहीबार थप २ सय ६४ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।

तपाईको प्रतिक्रिया