शिरीष ढकालको गजल: जब कुर्सीमा एउटा फकिर बस्छ

प्रकाशित मिति :  465 पटक हेरिएको

जब कुर्सीमा एउटा फकिर बस्छ,
तब न भ्रष्टाचारको नजिर बस्छ ।

इमान्दार त सधैं लाग्ने पाखा नै हो,
सत्तामा त छलकपट्को माहिर बस्छ ।

काम गर्छु भन्नेको हातखुट्टा बाँधेसी,
विकासको गति पक्कै स्थिर बस्छ ।

जब आउँछ जिम्मा सिमाना रक्षाको,
कायर् हैन त्यहाँ सैनिक वीर बस्छ ।

गर्छन् व्यापार धर्मको ढोंगीहरूले,
साधुको मनमा त सदा मन्दिर बस्छ ।

मञ्चन् गर्छ बिरालो नाटक ध्यानको,
त्यहाँ दुष्टको पतित शरीर बस्छ ।।

शिरीष ढकाल
मण्डनदेउपुर नगरपालिका-५ काभ्रेपलाञ्चोक
हाल: दुबई, युएई

तपाईको प्रतिक्रिया