मुकेश निर्दोष न्यौपानेको गजल: चितामा लास पठायौ अनौठो खबर पठायौ

  अस्मिता स्मृति प्रकाशित मिति :  365 पटक हेरिएको

चितामा लास पठायौ अनौठो खबर पठायौ
मार्नलाई दुश्मनबाट कसरी नजर पठायौ

विकासमा घुसखोरी भएको थियो सरकार
र त गरिबलाई मार्न गाउँमा यो कर पठायौ

जाँदा प्यार गरेर दुर गएकी छौ ए भुपु माया
मलाई मार्न भनि साथीसँग जहर पठायौ

तिमी एक धनि भएर होला प्रिया समीपमा
मेरो छानोमा किन ओत लाग्ने खर पठायौ

म प्यारमा बेहोस भएको थिएँ सम्झना ले
अल्पायुमै मसान घाट पठायौ बगर पठायौ

मुकेश निर्दोष न्यौपाने
अछाम

तपाईको प्रतिक्रिया