धरमवीर साउदको गजल: तीज आउला र दशैँ तिहार आउला

  अस्मिता स्मृति प्रकाशित मिति :  528 पटक हेरिएको

तीज आउला र दशैँ तिहार आउला
प्रदेशमा मेरो छोरा कसरी रमाउला

यो प्यारो बाबालाई अत्ति चिन्ता हुन्छ
भविष्यमा छोरालाई कस्तो बनाउला

प्रदेशीको पीडा प्रदेशीले मात्रै बुझ्छ
स्वदेशमै बस्नेलाई कसो गरी सम्झाउला

मान्छे बाध्यताले प्रायः परदेशी हुँदोरहेछ
सोचेर भोलि के खाउला र के लगाउला

देशले त रोजगारै दिन्न भन्छ हामीलाई
ए! छोरा अब हामीसँगै प्रदेश जाउला
✍धरमवीर साउद
डडेल्धुरा
हाल भारत

तपाईको प्रतिक्रिया