चेतन खतिवडाको कविता: आँसु लुकाइ हाँस्न

  अस्मिता स्मृति प्रकाशित मिति :  628 पटक हेरिएको

तिम्रै लागी लगाएको , सिंदुर ,पोते चुरा
तिमीसँग बिसाउन , साचे मनका कुरा
आफ्नो साथी सँगी सबै , छोडी आएँ आज
तिमीसँग नयाँ साइनो , जोडि आएँ आज

आफन्त नि परै छुटे , बिदा गरि मलाई
कुना पसि रुन थाले , नयन दुबै गलाइ
आफू खेल्या हुर्क्या आँगन , आज भयो पराइ
नयाँ घर प्रवेश गरें , यो मन डराइ डराइ

आज भयो माइती अरे , मेरो जन्म घर
थाहै नपाई बदलिए छ , मेरो हिजोको थर
नाता , साइनो आज सबै , नयाँ गाँसिए छ
हुँदा हुदै हांसो खुशी , सबै मासिए छ

साहस हिम्मत जुटाएर , लागे कर्म गर्न
कहिलेकाहीँ सम्झी माइती , लाग्छ आँसु झर्न
भित्रीएको भोलि पल्टै , स्वामी गए परदेश
मनको बह छैनन् बुझ्ने , लाउँछ्न सबै आदेश

बाहिर कोहि आँगनिमा , आए आबाज दिन
स्वामी मेरा आए होलान , लाग्छ मलाई लिन
आग्लो खोली बाहिर हेर्छु, बुझाउन मन
बाटो हेर्दा हेर्दै उनको , सुक्यो मेरो तन

सम्झनाले उनको मलाई , जिउन पार्छ गार्‍हो
सोधे घरमा कसैले भने , हाँसेर नै टार्यो
दिन जसो तसो कट्छ , मुस्किल रात काट्न
अब मैले सिकि सकें , आँसु लुकाइ हाँस्न

चेतन खतिवडा
लालबन्दी -५ सर्लाही
हाल- महालक्ष्मी -५ टिकाथली ललितपुर

तपाईको प्रतिक्रिया