समीर संगम महताराको गजल

  अस्मिता स्मृति प्रकाशित मिति :  594 पटक हेरिएको

जान्नँ भन्छु जानै पर्ने बाध्यता आउँछ कर आउँछ
पीडा यो हो पुल तर्ने बित्तिकै भु.पुको घर आउँछ

हैसियत हेरेर मुटु जोड्नु पर्ने रहेछ जोड्ने बेलामा
यता माया भर्खर सुरु हुदा उता मध्यान्तर आउँछ

क लेख्न नजानेले डा. लेख्ने बनाएको परिणाम हो
बा आमा वृद्धाश्राममा छोडेर छोरो सहर आउँछ

आफू सानो भएर अर्कालाई जिन्दगीभर प्यार गर्नु
आफ्नु हैसियत नियाल्ने धोका बुझ्ने अवसर आउँछ

छोडेउ ठिकै भो छोडेको सबैलाई खराब नसोच्नुहोस्
बुझ शालिग्राम किनार लाग्छ नदीसँगै पतिङ्गर आउँछ

समीर संगम महतारा
रुकुम पश्चिम

तपाईको प्रतिक्रिया