बबिन न्यौपानेको कविता: बाबाको सम्झनामा

प्रकाशित मिति :  1219 पटक हेरिएको

अरुको धेरै सिर्जना सुन्छु बाबाको सुन्दिन
म स्वयं पनि बाबाका निम्ति कविता लेख्दिन
दल्दिन्थे दारी यो काले भन्दै लिएर काखमा
सम्झना आउँछ पिसाब फेर्थे बाबाको काधमा

बाबाले हाम्रै निमित्त जहिल्यै बगाए पसीना
बचाए हाम्लाइ चढेर स्वयं मृत्युको फासीमा
लाउला थ्यो बेला खाउला त्यो बेला जीवनै रित्याइ
गर्दिन्थे पूरा चाहना हम्रा आफैलाइ सिध्याई

गर्थे नि काम ती मेरा बाबा मृत्युलाई रोकेर
पढाए हाम्लाई साहुको भारी दिनहुँ बोकेर
जसका निम्ति बाबाको नित्य पसीना बगेको
देख्दैछु आज तिनैले राख्न वृृद्धाआश्रम   लगेको

बाबाले गर्दा यो छोरो ऐले सम्सार हेर्ने भो
बाचुन्जेल अब बाबाकै सेवा गरेर मर्ने हो ।।
बाबाको निम्ति कविता लेख्ने गरेर बाहना
सबैका बाबा हाँसेको देख्ने छ मेरो चाहाना ।।

तपाईको प्रतिक्रिया