नेपालमा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  231 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २ सय ३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ३ सय ८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार ५ सय ४ जना घर फर्किएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको सङ्क्रमणको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार २ सय ५३ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ९ हजार ८ सय ३२ जना रहेका छन् । आइसोलेसनमा १४ हजार ७ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् ।

भेन्टिलेटरमा १४ र आइसियूमा १ सय ५१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया