नारायण भुसालको गजल: बेला बेला अनिकाल अनि भोकमरी आउछ

  अस्मिता स्मृति प्रकाशित मिति :  591 पटक हेरिएको

बेला बेला अनिकाल अनि भोकमरी आउछ ।
यी गरिब दुखीहरुको प्रवाह नगरी आउछ ।।

कोही बाटोमै पल्टेर भिख माग्न बाध्य छ्न ।
सम्झिदा यी आखाँमा आँसु धरधरी आउछ ।।

धन कमाउन गएको छोराको लास आएपछी ।
अरे!! आमाको मुहारमा खुसी कसरी आउछ ।।

दस महिना कोखमा राखी दुध खुवाएरै होला ।
बाउको वर्षदिन आमाको आँसु जीवन भरी आउछ ।।

छोडेर जानेलाइ भुल्ने हर कोसिस गर्दा पनि ।
किन उसकै तस्बिर आँखामा वरिपरी आउछ ।।

तपाईको प्रतिक्रिया