बैङ्क सुरक्षा गार्डमा देखियो कोरोना संक्रमण, वडा सिल

प्रकाशित मिति :  363 पटक हेरिएको

प्युठान । प्युठानमा बैङ्कका सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएपछि वडा सिल गरिएको छ ।

जिल्लाको ऐरावति गाउँपालिका- २ बरौला, स्थित शाइन रेसुङ्गा डेप्लोपमेन्ट बैङ्कका सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएपछि २ नं. वडा सिल गरिएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले जानकारी दिनुभयो ।

बुधबार बसेको गाउँपालिका स्तरीय संकट व्यवस्थापन समिति (CMC) को बैठकले २ नं. वडा अर्को सुचना नआउन्जेल सम्मका लागि सिल गर्ने निर्णय गरिएको अध्यक्ष शाहले बताउनुभयो । कोरोना भाइरस थप फैलनबाट रोक्न र संक्रमितको सम्पर्कमा आएका व्यक्तीहरुको स्वाव संकलन गर्ने उक्त निर्णय गरिएको अध्यक्ष शाहको भनाइ छ ।

सिल अवधिमा खाद्यान्न पसलहरु बिहान ८ बजे देखी १० बजेसम्म र बेलुका ४ बजेदेखी ६ बजेसम्म खुल्ला रहने छन् भने अन्य गैर सरकारी संस्थाहरु, वित्तीय संस्थाहरु,व्यापार व्यवसायिक पसलहरु पूर्ण रुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ ।

बैङ्कका सबै कर्मचारीको स्वाव संकलन गरि कोरोना परिक्षणका लागि पठाइएकोमा एक जनाको पोजेटिभ आएको र अन्य कर्मचारीको रिपोर्ट आउन बाकी रहेको अध्यक्ष शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया