उषा के.सीका मुक्तकहरु

  अस्मिता स्मृति प्रकाशित मिति :  685 पटक हेरिएको

विरहले छाती जल्दा तिम्रो सामु आउन सकिन !
विश्वासका कसमहरु कसै सामु गाउन सकिन!!
तिम्रो जिन्दगीमा आकाशको तारा बन्छु भन्थे,
चाहेर पनि तिम्रो साथ जीवनमा पाउन सकिन!!

जति आगो बने पनि आखिर खरानी नै बन्ने हो!
बरफ जति जमे पनि आखिर पानी नै बन्ने हो!!
जन्मिएर मर्न पर्दैन झै पाप गर्नेले के लान्छ खोइ,
उसको कुकर्मको छाप नै आखिर कहानी बन्ने हो!!

अमृतलाई विष बनाउन सिकायो हाम्रो शहरले आज!
दुनियाँ सबैलाई बैरो बनायो कोरोनाको कहरले आज!!
माथि बसी भुक्नेले बुझ्दैन्न आकाश ओढ्नेको अभाव,
फेरि तल झार्ने भर्र्याङ् मै हुँ भन्छ मनको जहरले आज!!

तपाईको प्रतिक्रिया