काठमाडौं उपत्यकामा ३७७ सहित, नेपालमा थप १ हजार १११ जनामा कोरोना पुष्टि

प्रकाशित मिति :  256 पटक हेरिएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ३७७ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया