बबिन न्यौपाने (याज्ञवल्क्य) को गजल

  अस्मिता स्मृति प्रकाशित मिति :  482 पटक हेरिएको

हदै भयो खप्ने नारी बन्न सक्दिनँ
खुट्टा ढोग्ने संस्कारी बन्न सक्दिनँ।।

जति लुट्नु लुटिसक्यौ खबरदार छ अब
सोझी सधैं अाज्ञाकारी बन्न सक्दिनँ ।।

सिस्नो खोले पाए खान्छु नत्र भोकै बस्छु
आफू नेता जनता मारी बन्न सक्दिनँ ।।

जनताकै सेवा गर्न माथी पुगेपछि
ज्यानै दिन्छु भ्रष्टाचारी बन्न सक्दिनँ ।।

आफ्नै पाखा खनी बरु सुन फलाउँछु
त्यसै झुक्ने लाचारी बन्न सक्दिनँ ।।

तपाईको प्रतिक्रिया