प्रदीप रोदनको गजल

  अस्मिता स्मृति प्रकाशित मिति :  545 पटक हेरिएको

खै किन म पानी बनेको छैन!
तिम्रो नजिक पग्लने को छैन?

को छैन डुब्ने र यो जीवनमा?
जीवन बरू उत्रनेको छैन!

बोल्ने बहाना हजुरको होला,
मैले त केही भनेको छैन!

सोच्दैछु बिर्सेर बढाऊँ माया,
इज्जत यहाँ सम्झनेको छैन!

के पढ्नु उसको कथा माटोको,
जसले यो माटो खनेको छैन!
बहर:- सगीर अहज

तपाईको प्रतिक्रिया