मकवानपुरको हेटौंडामा ६१ जना कोरोना संक्रमण मुक्त

प्रकाशित मिति :  353 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौंडामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका दुईवटा आइसोलेसन र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु कोरोना मुक्त भएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोलाप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

हेटौंडा आइसोलेसनबाट एकजना , हेटौंडा ६ गौरिटार आइसोलेसनबाट ३० जना , र होम आइसोलेसनबाट ३० जना गरि ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया