कवि श्रीराम श्रेष्ठको: सिजो कविता

  अस्मिता स्मृति प्रकाशित मिति :  349 पटक हेरिएको

१,
हिँडाइ बामे सार्दा अघिल्तिर ठूलो खोला
चनाखो बन्दै जाँदा गन्तव्यमा अवरोध
अडिग बनेर बस्दा जीवनको दुर्दशा ।
२,
एकान्त मनपर्छ आफूलाई उभ्याउन
मनमा स्वतन्त्रता बातुलेर दौडिहाल्दा
शत्रुता लाग्न थालेछ रिस थप्दै मैमाथि ।
३,
बादल माथिमाथि सूर्यलाई चुम्न खोज्यो
भिडन्त आफूआफू मडारियो कालो छाया
प्रहार पानी वर्षाको शीतलता आफैमा ।
४,
रातको लामो निद्रा भाग्दा उठिबसेँ
चिन्तन मनमा एकाग्रता हराउने
बिहानी आगमनले लोलाएका नयन ।
५,
सतायो आफैलाई आफ्नै छाया भूत बनी
काँतर मन बोक्दा आफ्नै मन आशा मर्‍यो
जीवन जिउने क्रम धरापमा परेछ ।
६,
लत्याएँ खुसी जति वर्तमान टाढा राखेँ
एक्लिदै सबैदेखि जिस्काउँछ समयले
टोलाइ बसेको थिएँ सोच्दा सोच्दै बिरानो ।

श्रीराम श्रेष्ठ
– बट्टार,नुवाकोट

तपाईको प्रतिक्रिया