बिना रोकाको गजल

  अस्मिता स्मृति प्रकाशित मिति :  470 पटक हेरिएको

अमृतरुपि मायामा आफै विष मिसाएर गयौ
तिम्रो पर्खाइमा रहेका ती परेली भिजाएर गयौ

सज्जन हुँदै महान पुरुष बन्यौ समाजमा
नारीलाई चरित्रहीनको संज्ञा दिलाएर गयौ

स्वार्थ रहेछ तिम्रो प्रेममा बुझ्न नसक्दा नारी
समाजको सामु नारीको अस्तित्व गिराएर गयौ

जता आगो बल्यो उतैतिर आगो ताप्छ यो समाज
आफै स्वार्थी प्रेमको परिभाषा चिनाएर गयौ

सिकार बनिन् नारी तिम्रो नाटकीय प्रेममा
रुवाएर नारीलाई आफैतिर प्रेम जिताएर गयौ।

बिना रोका
घोराही दाङ्ग।
मिति – २०७७/०५/१२ गते

तपाईको प्रतिक्रिया