राजु आचार्य दीपको गजल

  अस्मिता स्मृति प्रकाशित मिति :  486 पटक हेरिएको

कसैको घरमा खोले छैन कसैकोमा खिर होला
हुनेलाई साँच्चै रमाइलो नहुनेहरुलाई पिर होला

आँखा चिम्ली बाटोमा किन हिँड्छौ बुटुवा दाइ
यता समथर भए पनि पल्लो गाउँमा भिर होला

पराइको दुर्वचनले जिउने तरिका थाहा पाइन्छ
प्रहार खप्न सक्ने चाहिँ नदीहरुको तीर होला

पाइदैन धन दौलतले इज्जत,माया ,शुभकामना
जसले देशको सेवा गर्छ उस्को उँचो शिर होला

घरमा रडाको मच्चाउनेले योगदान गर्न सक्दैन
समाजको भलाई गर्न सक्ने मान्छे नै वीर होला

राजु आचार्य दीप
इच्छाकामना-१ चितवन।

तपाईको प्रतिक्रिया