भारतमा एकैदिन ७८ हजार बढीमा कोरोना संक्रमण

प्रकाशित मिति :  195 पटक हेरिएको

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजार ४ सय ७२ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७ सय १२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५ सय २० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६३ हजार ५ सय ३५ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै, कोरोना संक्रमणका कारया ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ४४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६३ हजार ६ सय ५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया