लब खड्का (जय भद्रकाली ) को कविता: चरी

  अस्मिता स्मृति प्रकाशित मिति :  549 पटक हेरिएको

कति खुसी अनि उमंग छ दर्की दर्की झर्दा झरीलाई ।
निकै कष्ट अनि वेदना छ हाँगामा बस्ने चरीलाई ।।

मडारीदै कालो बादल कतिखेर झर्नु भाछ झरीलाई ।
गुडमा चियाउछ लाला-बाला बच्चा पर्नु पीर छ चरीलाई ।

हेर्दाहेर्दै क्षणभरमै गर्ड्याङ गुडुङ्ग उर्लदै दर्कियो झरी ।
माउको छोड्यो ठाउँ हंसले बच्चा भएतीर फर्कीयो चरी ।

गर्जीयो मेघ झरे असिना पानी चल्यो हुरी बतास ।
बच्चा च्यापौकी गुड समाउ बिचरा भए चरी हतास ।

कस्को सहारा खोजौ कता गुहार मागौं मध्यराती भाछ ।
जोगाई बच्चा कसरी कटाउनु रात चरीको सातो गाछ ।

च्या च्या चुं चुं रून्थे लाला बाला तातो न्यानो खोज्थे ।
चुटी रह्दा झरीले काम्थे शरीर चरीको भित्री मुटु घोच्थे ।

रोए कराए रूझे चरी रातै भरी रोकिएन असिना र झरी ।
कष्ट बेदना सहेर पनि लाल बाला बचाउन सफल भएनन् चरी ।

कष्ट पूर्ण कटे रात रोक्यो झरी उदाय सुर्य किरण छरी ।
गर्दै विलाप टुप्पामा बसि गुडमा हेर्दै रोए चरी बलिन्द्र आँसु झारी ।।

तपाईको प्रतिक्रिया