चित्रा कोइराला पौड्यालको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  632 पटक हेरिएको

अनन्त आकाशमा हाम्रो छुट्टै आकाश छ
भब्यताको मौनतामा , तिम्रै मात्र आभाष छ

चन्द्रमाको कलाभित्र, भिन्न भिन्न भाव छ
पूर्णिमाको मोहनीमा, धरतीकै मधुमास छ

पृथ्वीले फन्को मार्दा जब रवि मुस्कुराउँछन्
प्रकृति नै शर्माउने, लालीमाको प्रकाश छ

कुन गणितको शुत्र, कुन विधानको धारा
ग्रह उपग्रहको प्रेमिल आकर्षण नै खास छ

कस्तो प्राणवायु बोक्छौ भेदभाव नै छैन
अदृश्य भई सेवा गर्ने, सृष्टि नै स्यावास छ !!

तपाईको प्रतिक्रिया