मकवानपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  435 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हेटौंडा- २ का तीनजना , हेटौंडा- ४ का तीनजना , हेटौंडा- ९ का दुइजना , र हेटौंडा १, ७, ८, १०, १२ र १९ का एक/एकजना रहेको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।

पशुपन्छी रोग तथा अन्वेषण तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरूमा आठजना पुरुष र छजना महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया