खुलामञ्चस्थित बस पार्कमा निःशुल्क खाना !

प्रकाशित मिति :  460 पटक हेरिएको

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयअवधि बढेसँगै काठमाडौंको खुलामञ्चस्थित बस पार्कमा निःशुल्क खाना खाने व्यक्तिहरुको संख्या पनि बढ्न थालेको छ ।

काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु भएपछि खाना खान खुल्लामञ्च पुग्नेहरुको संख्या बढेको हो । हन्ड्रेड समूह र मानवी क्रिएटिभ फाउन्डेसनले कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन सुरु गरेको केही दिनपछि २०७५ चैत १८ गतेदेखि सडकमा निरन्तर खाना खुवाउँदै आएको छ । लकडाउन सुरु भएपछि नियमित कमाइ रोकिएका दैनिक ज्यालादारी मजदुर लगायतका व्यक्तिहरु निःशुल्क खाना खान खुल्लामञ्च पुग्ने गरेका छन् ।

पहिलो चरणको लकडाउनमा दिनमा एक हजार जना भन्दा बढीले खाना खाएपनि अहिले ४ देखि ५ सयको हाराहारीमा हुने गरेको ती संस्थाहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया