नारायण भुसालको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  341 पटक हेरिएको

घरमा आमा हुँदा पो जीवन जिउँने आस लाग्छ।
जसरी मन्दिरमा भगवान भएको आभास लाग्छ।

कमाउने आसमा सात समुन्द्र तरे पनि आखिर ।
आफ्नै जन्मभूमि धड्कन चल्ने श्वास लाग्छ ।

चारो खोज्दै बिहान उडेको चरी लाई साँझमा।
बचेरा सम्झेर आफ्नै गुँडमा पुग्न हतास लाग्छ।

आफ्नै सन्तान राम्रो लाग्छ रे बाबा-आमालाई ।
बच्चालाई आमाको काख हरदम खास लाग्छ।

सानोमा मर्छ कि भनि दु:खले हुर्काउछिन आमा ।
ठुलो भएपछि छोराले मार्ने हो कि त्रास लाग्छ ।

तपाईको प्रतिक्रिया