कन्चन घिमिरेको कविता : “आत्महत्या”

  अस्मिता स्मृति प्रकाशित मिति :  614 पटक हेरिएको

किन गर्छन् मान्छे आफैँ, यस्तो आत्महत्या ।
न त हुन्छ मनमा खुसी, न त शान्ति आत्मा।।

सबैलाई लान्छ कालले एक दिन आफैैँ आई।
किन मर्छन मान्छे आफैँसित दण्डित भई।।

जति सजिलो छ यहाँ, आफ्नोे प्राण त्याग्नलाई।।
त्यति सजिलो छैन नि, अर्को जुनी पाउँनलाई।।

कति सङ्घर्ष गरेकाछन लामो जुनी जिउँनलाई
औषधी उपचार गरेकाछन , धेरै सम्म बाच्नँलाई।।

आत्महत्या गर्नेलाई समाजले पनि गर्छ हेला ।।
कुरा काट्छन सबले उसैको भईकन भेला ।।

रचनाकार : कन्चन घिमिरे, सुनसरी

तपाईको प्रतिक्रिया