ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्युु

प्रकाशित मिति :  265 पटक हेरिएको

काठमाडौं । ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्युु भएको छ ।

मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो ।

यसैगरी चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया